भारतीय नाकाबन्दीबारे अब नेपालको संसदमा पनि छलफल हुने, संसदमा प्रस्ताव दर्ता News Updated By- Prem Pun    |   Posted From- Washington DC     |     December 11, 2015  
काठमाडौं, २५ मंसिर– भारतले गरेको नाकाबन्दी बारेमा नेपालको संसदमा पनि छलफल हुने भएको छ । केहि समय अघि मात्रै भारतको राज्यसभामा नेपालको विषयमा छलफल भएको थियो । त्यसको केहि समयपछि नै अब नेपालमा पनि भारत र भारतीय नाकाबन्दी बारेमा छलफल हुन लागेको हो ।

भारतीय नाकाबन्दी बारे संसदमा छलफल हुनुपर्ने स्वतन्त्र आवाज उठिरहेको बेला अब नेपाको संसदमा पनि नाकाबन्दीबारे छलपल हुने भएको हो  नाकाबन्दीबारे व्यवस्थापिका–संसदमा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले सो प्रस्ताव आज संसद् सचिवालयमा दर्ता गराएका हुन्।

भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको सांसदहरूले उल्लेख गरेका छन्। सांसदहरूले नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामाथि भारतले ठाडो हस्तक्षेप गरेको भन्दै त्यसबारे संसदमा छलफल गर्न जरुरी भएको जनाएका छन्।
- See more at: http://dcnepal.com/news/news.php?nid=180969#sthash.5Auhj4jP.dpuf

Post a Comment

 
Top