भारतीय नाकाबन्दीका कारण सुनौली नाकामा करिब १०७ बुलेट ग्यास, ११ लाख लिटर पेट्रोल र डिजेल रोकियो News Updated By- Hari Acharya    |   Posted From- Washington DC     |     December 11, 2015  
काठमाडौं, २५ मंसिर । नेपालको दोस्रो मुख्य व्यापारिक सीमानाका सुनौलीमा करिब तीनलाख एलपी ग्यासका सिलिन्डर र ११ लाख लिटर पेट्रोल, डिजेल अडकिएको छ ।

असोजदेखि नै मधेशी मोर्चाको आन्दोलन एवं धर्ना नभएको सुनौली नाकामा भारतीय पक्षले समेत रक्सौलबाट रि–रुट गरि पठाएका विभिन्न ३४ कम्पनीका खाना पकाउने ग्यासका बुलेटहरु नाकामा अडकिएका छन् ।

काठमाडौं, धादिङ, चितवन, पर्सा तथा लुम्विनी अञ्चलमा स्थापित तीन दर्जन कम्पनीका प्लान्टहरुको ग्यासका बुलेटले नेपाल प्रवेश पाएका छैनन ।

नेपाल आयल निगम क्षेत्रिय कार्यालय भलवारीका भन्सार क्लिलिएरिङ कर्मचारी युवराज शर्माले नाकामा एलपी ग्यासका १०७ वटा बुलेट र डिजेल ६३ ट्यांकर, पेट्रोल ७ ट्यांकर र मट्टीतेल एक ट्यांकरसहित ७१ वटा ट्यांकरहरु हप्तौदिनदेखि सुनौलीमा अड्किएको जानकारी दिए ।

सानो एक ट्यांकरमा १२ हजार, मझौलामा १७ हजार र ठूलोमा २० हजार लिटर इन्धन बोकेका सबै प्रकृतीका टेन्करहरु नाकामा रहेको नेपाल आयल निगमका कर्मचारीले बताए ।

यसैगरी सिलन्डर भरीदिँदा एक बुलेटबाट एकहजार दुईसय ५० सिलिन्डर भरिन्छ । तर यतिबेला भारतको नाकावन्दीको प्रभावले ग्यास निर्वाधरुपमा आयत रोकिएपछि सरकारकै निर्देशनमा कम्पनीहरुले आधा सिलिन्डर ७.१ किलोग्राम ग्यास दिने निर्णय गरेका छन् ।

उक्त बुलेटबाट कम्पनीहरुले आधा सिलिन्डर दिँदा उपभोक्ताका २ लाख ६७ हजार ५०० सिलिन्डर धनी लाखबढी सर्वसाधारण र होटल व्यवसायीहरुले राहत पाउने देखिन्छन ।

नाकामा सवैभन्दा बढी त्रिशुल कम्पनीको १० वटा, सिद्धार्थको ७, स्वस्तिक, मनकामना, नेपाल, बाबा, गृहलक्ष्मी, आरती र बुटवललगायत ३४ वटा कम्पीका १०७ वटा ग्यासका बुलेट ग्यास रहेका छन् ।

स्वस्तिक ग्यास कम्पनीका सञ्चालक एवं उद्योग व्यापार संगठनका निर्वतमान अध्यक्ष मनिषकुमार जोशीले नाकामा रोकिएका ग्यासका वुलेटहरु भित्र्याउन पाए हजारौँ नागरिकको चुल्हो बली राहत पाउने वताए।

भारतीय सीमावर्ती अधिकारीहरुले शुक्रबार दिउँसोसम्म सुनौलीनाकाबाट इन्धन र ग्यास नेपाल छिर्न दिएका छैनन् । अन्य मालवहाक गाडीहरु भने ५० बढी छिरेको बेलहिया प्रहरी इलाका कार्यालयका प्रहरी निरीक्षक अभय विक्रम शाहले बताए ।

भारत सुनौली प्रहरी चौकीका प्रमुख भरत यादवले गाडीहरुको जामले ट्यांकर र ग्यासका बुलेड धेरै पछाडि परेकाले लाइनबाट आउँदा ढिलाई भएको बताए ।

सिमापारि २ हजारबढी मालवाहक गाडी, ४०० जति कन्टेनर र औषधिका दर्जनौ गाडी र इन्धनका करिब दुईसय गाडी रहेको भन्सार एजेन्ट संघ भैरहवा अध्यक्ष कृष्ण्प्रसाद घिमिरेले बताए ।

ती गाडीहरुको लाइन करिश २५ किलोमिटर परसम्म पुगेको छ । पार्किङको समस्याले सडक किनारमा गाडीहरु रोकिएका छन् ।    
- See more at: http://dcnepal.com/news/news.php?nid=180953#sthash.AIaN4ImT.dpuf

Post a Comment

 
Top