![]() |
भारतीय नाकाबन्दीको कारण देशभर भैरहेको खाना पकाउँने ग्याँसको अभावबाट म्याग्दी जिल्ला पनि अछुतो छैन। जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा ४ सय सिलिन्डर ग्याँस केही दिन अघि गोलाप्रथाद्धारा वितरण गरिए पनि जिल्लामा ग्याँसको अभाव भने उस्तै रहेको पीडित उपभोक्ताहरुको गुनासो छ।
केही दिन अघि म्याग्दीमा जम्मा चार सय वटा सिलिण्डर ग्याँस आएकोमा माग भने अत्याधिक भएपछि विवाद नहोस् भनेर गोला प्रथाद्धारा ग्याँस वितरण गरिएको थियो। नेपालमै नौलो र देशभरलाई सिकाउने नयाँ पद्धती गोलाप्रथाबाट ३८१ जनाले ग्याँस पाए पनि अझै करिव १० हजार उपभोक्ता ग्याँसको प्रतीक्षामा छन्। ग्याँसको अभावमा कष्टपूर्ण दैनिकी विताउँदै आएका उपभोक्ताहरुको अर्को दैनिकी अव ग्याँस कहिल्य आउँछ भन्दै डिपो धाउँनु बनेको छ। गोलाप्रथाबाट समेत ग्याँस नपाएर हिस्स भएका उपभोक्ताहरु अहिले वैकल्पिक माध्यमको प्रयोग गरी बिहानबेलुका खाना पकाइरहेका छन्। जिल्लामा थप ग्याँस भित्राउन निरन्तर प्रयास गरिरहेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताउनुभयो। शक्ति ग्याँससंग कुराकानी भइरहेको बताउँदै उहाँले करिव ५ सय सिलिन्डर ल्याउने पहल भइरहेको जानकारी दिनुभयो।

- See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40790#sthash.HCnLoO7H.dpuf![]() |

Post a Comment