![]() |

चौतारा, १६ मङ्सिर । उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले मधेसवादी दलले आफ्नो माग सम्बोधन गराउन गरिएको आन्दोलनले जनतालाई दुःख दिने र देशलाई बन्दी बनाउने काम भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री मैनालीले सिन्धुपाल्चोकको चौतारामा आज २४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्ग आश्रमको उद्घाटनपछि बोल्दै मधेस केन्द्रित दलले भन्सार बन्द गरेका कारण नाकाबन्दी लगाउन भारतलाई बहाना मिलेको भन्दै भारतले झुटो कुरा बोलेर नेपाली जनतालाई दुःख दिने काम गरेको आरोप लगाउनुभयो ।
आन्दोलन गर्ने काम मधेसवादी दलको अधिकार भएपनि विदेशीलाई चलखेल गर्न दिई नेपालीको चुल्हो बन्द गर्ने काम अनुचित भएको उल्लेख गर्दै उहाँले सबै दल जिम्मेवारी हुनुपर्ने र देशलाई केन्द्रबिन्दुमा राखेर वार्ताबाटै समस्याको समाधान हुनुपर्नेमा जोड दिनुभयो ।
सिन्धु मानव अपाङ्ग सामुदायिक संस्थाद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

Post a Comment