
मंसिर २१, भारत वर्गदवा थानाअन्तर्गत पिपरा गाउँका २६ वर्षीय सन्दीप रौनियारलाई डिजेल तस्करी गरेको भन्दै एक अज्ञात समुहले गोलि प्रहार गरेको छ ।
बिहान १० बजेतिर पाल्ही ७ बैरवाको बैरवा ब्रह्मपुरवा सिमानाको छेउमा डिजेल तस्करी गरि ल्याउँदै गर्दा अज्ञात समुहको गोली प्रहारबाट उनको हातमा दुई गोली लागेको छ । गोली प्रहारबाट घाइते भएका रौनियारलाई उपचारका लागि भारत गोरखपुर लगिएको प्रहरीले जनाएको छ ।
उक्त घटनास्थलबाट राजन समुहको पर्चा समेत फेला पारेको प्रहरीले बताएको छ । घटनास्थलबाट १ सय लिटर डिजेल र पर्चा फेला पारेको बताउँदै उक्त घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।
Post a Comment