सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले भोलि राजधानीमा बृहत दबाव र्‍याली गर्ने News Updated By- Hari Acharya    |   Posted From- Washington DC     |     December 01, 2015  


काठमाडौं, १५ मंसिर  । नेपाली कांग्रेसले भोली बुधवार राजधानीमा बृहत दबाव र्‍याली गर्ने भएको छ । तराई मधेसमा भइरहेको आन्दोलन समाधानका लागि सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले भोलि राजधानीमा बृहत दबाव र्‍याली गर्ने भएको हो ।

यसको साथै भारतले लगाएको नाकाबन्दीसँगै बढ्दो कालोबजारी नियन्त्रण नहुँदा जनताले दुख पाएकाले यसको नियन्त्रण गर्न कांग्रेसले सरकारलाई भोली दवाव दिने भएको छ ।

अधिकार, न्याय र शान्तिको लागि दबाव’ नाम दिईरहेको र्‍याली दिउँसो १ बजे शान्तिबाटिकाबाट सुरु हुने नेपाली कांग्रेस काठमाडौंले जनाएको छ ।

रिपोर्टर्स क्लव काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतका नेताले मधेसको समस्या समाधानका लागि सरकार उदासिन भएकाले सरकारलाई दबाव दिन बृहत दबाव र्‍याली गर्न लागिएको बताए।
- See more at: http://dcnepal.com/news/news.php?nid=178902#sthash.pTiJeyOF.dpuf

Post a Comment

 
Top