अन्नपूर्ण पोस्ट्बाट - पेट्रोल एक सय ८० र डिजेल एक सय ५५ News Updated By- Amrit Paudel    |   Posted From- Washington DC     |     December 07, 2015  
काठमाडौं, २१ मंसिर - चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराएको छ।  पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको हो।

ल्हासाको मूल्यसूचीअनुसार काठमाडौंमा आइपुग्दा करसहित प्रतिलिटर पेट्रोल मूल्य एक सय ८० रुपैयाँ र डिजेल एक सय ५५ रुपैयाँ पर्छ। करबाहेक भने केरुङमा पेट्रोल ८८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ। यसैगरी करबाहेक डिजेल ८४ रुपैयाँसम्ममा केरुङमा उपलब्ध हुन सक्छ। 
- See more at: http://dcnepal.com/news/news.php?nid=179935#sthash.uW4Oasrg.dpuf

Post a Comment

 
Top