नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाण पत्रको नतिजामा पारदर्शिता नभएको भन्दै विद्यार्थी र अभिभावकले गुनासो गरेका छन्। शनिबार भएको परीक्षामा आधाभन्दा बढी चिकित्सक विद्यार्थी अनुत्तीर्ण भएका छन्।

दुईचार वर्षपहिलेसम्म मेडिकल शिक्षा र मेडिकल क्षेत्रबारे त्यहाँभित्रका विकृति विसंगतिहरु खासै बाहिर आउँदैनथे। तर अहिले मेडिकल शिक्षा सबैको चासोको बिषय बनेको छ। शनिबार मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाण पत्र को नतिजा पारदर्शी नभएको अभिभावक र बिद्यार्थीले गुनासो गरेका छन्। चिकित्सातर्फ ४६९ विद्यार्थीले परीक्षा दिएकामा २४६ विद्यार्थी उत्तीर्ण भएका छन् भने दन्त चिकित्सातर्फ ४१ जना विद्यार्थीमा जम्मा ६ जनामात्र उत्तीर्ण भएका छन्। तर बिद्यार्थी र अभिभाबकहरुले भने काउन्सिलको नतिजामा पारदर्शिता नभएको गुनासो गरेका छन्।

  
 - See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40753#sthash.6GBUVUcZ.dpuf

Post a Comment

 
Top