सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ५ बजेर ४४ मिनेटमा ४ रेक्टर स्केलको अर्को परकम्प
लको अर्को परकम्प News Updated By- Prem Pun    |   Posted From- Washington DC     |     November 19, 2015  
काठमाडौँ, ३ मंसिर– सिन्धुपाल्चोक केन्द्र भएर फेरि अर्को परकम्प भएको छ । अहिले बेलुका ५ बजेर ४४ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ४ रेक्टर स्केलको अर्को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर काठमाडौंले जानकारी दिएको छ ।

यसअघि पनि आजै  बिहान १० बजे सिन्धुपाल्चोकको निम्लुङ नजिकै ५ दशमलव ३ रेक्टर स्केलको परकम्प भएको थियो । अहिलेको भूकम्पको धक्का महशुस नगरिए पनि विहानको  भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, उपत्यका, नुवाकोट, धादिङमा समेत महसुश गरिएको छ । विद्यालय सञ्चालनको समय भएकोले कतिपय स्कुलका बालकालिका डरले भागाभाग गरेका थिए ।

नेपालमा तीन महिनापछि ५ रेक्टर माथिको परकम्प गएको हो । विगत केहि दिन देखि नेपालमा फेरि लगातार भूकम्पको परकम्प जान थालेको छ । गत बैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि त्यसका पराकम्पहरु अझै रोकिएका छैनन् ।

तर पनि एउटा ठूलो भूकम्प गएपछि त्यसपछि जाने भूकम्पका साना धक्काहरुलाई सामान्य रुपमा लिइन्छ । निरन्तर परकम्प जादाँ ठूलो भूकम्पको संभावना कम हुने भूकम्पविद्हरु बताउँछन् ।
- See more at: http://dcnepal.com/news/news.php?nid=176416#sthash.ZsdXipZW.dpuf

Post a Comment

 
Top