सामुदायिकभन्दा राष्ट्रिय वनको अवस्था नाजुक बन्दै News Updated By- Amrit Paudel    |   Posted From- Washington DC     |     November 23, 2015  
जुम्ला, ७ मङ्सिर - अहिले कर्णालीमा सामुदायिक वनभन्दा राष्ट्रिय वनको अवस्था निकै नाजुक बन्दै गएको वन कार्यालय जुम्लाले जनाएको छ ।

सामुदायिक वन समुदायले रेखदेख, त्यसको उपभोग तथा व्यवस्थापन पनि आफैँले गर्ने भएकाले त्यसको अवस्था सन्तोषजनक देखिएको छ । तथापि सामुदायिक वनको तुलनामा राष्ट्रिय वनको अवस्था भने चिन्ताजनक बन्दै गएको सहायक वन अधिकृत श्यामलाल महतले बताउनु भयो।

स्थानीयले पुर्जी सामुदायिक वनको लिने र रुखहरु राष्ट्रिय वनको काट्ने गरेकाले त्यसको अवस्था दयनीय बन्दै गएको अधिकृत महतको भनाइ छ । जुम्लामा हाल एक लाख चार हजार ५७० हेक्टर क्षेत्रफल वनको छ । जसमा २६ हजार २२७ सामुदायिक र एक हजार ९१२ हेक्टर कबुलियती वनको क्षेत्रफल रहेको वन कार्यालय जुम्लाले जनाएको छ ।

यसैगरी १८७ सामुदायिक र १२७ कबुलियती वन रहेको पनि कार्यालयले जनाएको छ । राष्ट्रिय वन सबैको साझा सम्पत्ति भएको र प्रयोग पनि यसको बढी गर्ने भएकाले यसको विनास बढी मात्रामा भएको बताइएको छ । रासस
- See more at: http://dcnepal.com/news/news.php?nid=177147#sthash.xfOYlEoX.dpuf

Post a Comment

 
Top