नागरिकबाट - पेट्रोलिम्याक्सलाई ठाडो आदेशमा नेपाल आयल निगमद्धारा आधा अर्ब भुक्तिानी गरेको खुलासा
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     November 21, 2015  
काठमाडौं, ५ मंसिर - कार्यकारी निर्दैशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्स नामक निजी कम्पनीलार्य हवाइ इन्धन आपूर्तिका लागि प्रतीतपत्र खोल्न भन्दै नेपाल आयल निगमले ५० करोड रुपैयाँ भुक्तिानी दिएको खुलासा भएको छ।

भारतले नाकाबन्दी लगाएपछि इन्धन अभावको मौका छोपेर निगमले मनलागी ठेक्का सम्झौता गर्दा उक्त कम्पनीसँग पर्फमेन्ट ग्यारेन्टीबापत रकमसमेत मागेको छैन्।

यसअघि खड्काकै आदेशमा विराट पेट्रोलियम नामक कम्पनीलाई नियमविपरित पेट्रोलियम आपूर्ति ठेक्का सम्झौता गर्दासमेत २० करोड अग्रिम भुक्तानी दिइएको थियो।

Post a Comment

 
Top