आन्दोलनमा जातियहत्या गरेकोमा बङ्गलादेशका दुईजना विपक्षी नेतालाई केही दिनभित्र झुण्ड्याइने News Updated By- www.dcnepal.com    |   Posted From- Washington DC     |     November 20, 2015  
ढाका, ४ मङ्सिर । बङ्गलादेशका दुईजना विपक्षी नेतालाई केही दिनभित्र झुण्ड्याइने जानकारी त्यहाँका न्यायमन्त्रीले शुक्रबार दिनुभएको छ ।

उहाँकाअनुसार दुई जना वरिष्ठ विपक्षी नेतालाई यसअघि युद्धअपराधसम्बन्धी अदालतले दिएको मृत्युदण्डको सजायसम्बन्धी अपिललाई सर्वाेच्च अदालतले पनि सदर गरिदिएपछि मृत्युदण्ड दिइने भएको हो ।

सर्वाेच्च अदालतले बुधबार दिएको फैसलामा उनीहरुको मृत्युदण्डको सजायलाई सदर गरिदिएको हो । जसका कारण अब उनीहरुलाई झुण्ड्याइने निश्चित् भएको हो ।

नेताहरु अलि अहसन मोहम्मद मुजाहिद र सलाउद्दिन क्वादर चौधरीलाई सन् १९७१ मा तत्कालीन पाकिस्तानमा भएको स्वतन्त्रतासम्बन्धी जनआन्दोलनमा जातिहत्या गरेकोमा उक्त अदालतले दोषी ठहर गरेको थियो ।

बङ्गलादेशका कानुन तथा न्यायमन्त्री अनिसुल हकले ती दुई नेतालाई आगामी केही दिनमा नै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कागजात पु¥याई मृत्युदण्ड दिइने जानकारी शुक्रबार दिनुभएको हो ।

बङ्गलादेशमा सन् १९७१ मा भएको क्रान्तिमा पाकिस्तानी शासक र प्रहरीको पछि लागेर बङ्गाली नागरिकको हत्या गरी युद्धअपराध गरेको भनी युद्धअपराध अदालतको फैसलामा कैयौँ व्यक्तिलाई यसरी मृत्युदण्ड दिइएको छ ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=176628#sthash.J4XJHCZi.dpuf

Post a Comment

 
Top