काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसनै देशको प्रमुख शक्ति भएकाले मुलुकलाई निकास दिने सामर्थ्य उसैसंग रहेको बताएका छन् । संचारकर्मीसंग यादवले सत्तारुढ दललाई आफुहरुको आन्दोलनले दबाब नगुेकाले मुलुकको सबैभन्दा ठूलो प्रतिपक्षी दल नेपाली काग्रेससँग सहकार्य गर्ने प्रस्ट्याए ।
उनले भने,‘ मधेसमा जारी आन्दोलन र संविधान संशोधन लगायत सीमाङ्कनको मतभेद अन्त्यको कार्यभार कांग्रेसले मात्रै पूरा गर्दछ ।’ अन्यथा समस्या लम्बिन सक्छ । सहमतिकै बाटोबाट मुलुकलाई निकास दिने मुख्य भूमिका कांग्रेसले नै खेल्न सक्ने भएकाले समस्या समाधानको नेतृत्व काग्रेसले नै गर्ने यादवको भनाई छ । कम्युनिष्टहरुसंग बढी संगत गरेका यादवले कांग्रेसलाई गतिरोध अन्त्यको सम्वाहक भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनले काग्रेससँग निर्णायक बार्ता गरेर सीमांकनमा सहमति जुटाउने जिम्मेवारीसहितको मूख्य जिम्मेवारी कांग्रेसलाई सुम्पिन लागेको सुनाए । काग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन सम्बन्धि विद्येयकलाई समर्थन गर्ने र र सीमांकनको विवाद मिलाउने जिम्मेवारी काग्रेसलाई दिने समेत बताएका छन् । गणतन्त्र वहालीपछिको पहिलो पुष्पकमल दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भइसकेका यादवले कम्युनिष्ट गठबन्धनबाट निकास नआउने टिप्पणी गरे ।


- See more at: http://neverseen.today/video-5.php?nid=778#sthash.shzG9uPI.dpuf

Post a Comment

 
Top