Latest

06:26 AM birendra ko kahani



संविधान जारी भएपछि नेपाली नागरिकले भोगिरहेको समस्याप्रति जापान सरकारको गम्भीर ध्यानाकर्षण
News Updated By- Hari Acharya    |   Posted From- Washington DC     |     December 04, 2015  

काठमाडौँ, १८ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुन जापानी सम्राट् अकिहितोको ८२औँ शुभजन्मोत्सवका अवसरमा जापानी राजदूत मासासी ओगावाले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा सरिक हुनुभयो। 
त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपाल र नेपाली जनताका तर्फबाट जापानी सम्राट्को सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो । उहाँले नेपाल र जापान आफ्नो दौत्यसम्बन्ध स्थापनाको छ दशक पूरा गरिसकेका असल मित्र राष्ट्र हुन् भन्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा जापानले पु-याउँदै आएको सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिनुभयो । 

सो अवसरमा जापानी राजदूत ओगावाले एक असल मित्र राष्ट्रका हैसियतमा जापानले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट गर्दै हालै जारी संविधान कार्यान्वयन मार्फत सदैव शान्त र समृद्ध नेपाल देख्ने जापानको चाहना रहेको बताउनुभयो । 

राजदूत ओगावाले संविधान जारी भएपछिको परिस्थितिमा नेपाली नागरिकले ऊर्जा लगायतक विभिन्न क्षेत्रमा समस्या भोगिरहेकोप्रति जापान सरकारको गम्भीर ध्यानाकर्षण भइरहेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । 

समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सभासद्, पूर्वमन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालमा रहेका विदेशी नियोगका प्रमुख र प्रतिनिधि तथा नेपालमा रहेका जापानी नागरिकको सहभागिता थियो
04 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top