![]() |
Watch Video
मंसिर २०, २०७२- इलाका प्रहरी गरुडाले आइतबार पेस्तोल सहित एमाओवादीको भोजपुरा राज्य समितिका सदस्यलाई पक्रेको छ । इटालियन अटोमेटिक पेस्तोल सहित उनलाई पक्रेको हो ।
चन्द्रपुर नगरपालिकाको बालचनपुर गाउँबाट विश्राम्पुर गाविस–६ का राकेश साहलाई पेस्तोल सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गौरमा सार्वजनिक गरेको छ । साह अवैध हातहतियार किनबेचमा संलग्न रहेको सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरीले पक्रेको हो । साहसँग हतियार खरिद गर्न प्रहरी आफैं ग्राहक बनेर गएको थियो । त्यस पछि हतियार लिन उनले बालचनपुर नजिकको पुलमा बोलाएका थिए ।
अटोमेटिक पेस्तोल र एक थान म्यागजिन सहित आएका साहलाई प्रहरी निरीक्षक सन्तुप्रसाद जैसवारकाले टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डिएसपी राजेन्द्र पोख्रेलले जनाए । उनले भने, ‘अन्य अनुसन्धान भइरहेको छ ।’ साहले एमाओवादीका भोजपुरा राज्य समिति सदस्य भएको प्रहरी समक्ष बताएका छन् ।
साहले ५ वर्षअघि भारतको बैरगनियास्थित मुसाचोकबाट उक्त हतियार खरिद गरी ल्याएको प्रहरी समक्ष बताएका छन् । तराईमा जारी आन्दोलनको मौका छोपी आपराधिक प्रवृत्तिका मानिसले हतियार ओसारपसार गर्न लागेको सूचनापछि सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ । साहको साथबाट पेस्तोल र १२ वटा गोली लोड हुने म्यागजिन एक थान, मोबाइल, नागरिकता र अन्य कागजातहरु बरामद भएको प्रहरीले जनाएको छ । उनलाई हातहतियार खरखजाना ऐन तर्फ मुद्दा चलाउने जनाइएको छ ।

Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.