लामो समयको बन्द हडताल र अघोषित नाकाबन्दीका कारण विराटनगर स्थित कृषि सामग्री संस्थानको क्षेत्रीय कार्यालयमा रसायनिक मलको मौज्दात सकिदै गएको छ । गहुँको सिजनका लागि अहिले कृषकहरुलाई मल आवश्यक छ । बन्द हड्ताल र अघोषित नाकाबन्दीका कारण अहिले २ सय मेट्रिक टन डिएपी, २ सय मेट्रिक टन युरिया र ५ सय ३ मेट्रिक टन पोटास मौज्दात रहेको सो कार्यालयले जनाएको छ । विगतका वर्षहरुमा क्षेत्रीय कार्यालयमा अत्यधिक मल मौज्दात राख्ने गरिएकोमा यस वर्ष बन्द हडताल र अघोषित नाकाबन्दी लम्बिदै गएपछि दैनिक आपूर्ति हुने दुई चार ट्रक मल समानुपातिक रुपमा वितरण गरेर अभाव टार्ने गरेको कृषि सामग्री संस्थान विराटनगरका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।
- See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=41159#sthash.HdTlLved.dpuf
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.