Latest

06:26 AM birendra ko kahani

एयरलिफ्ट मार्फत हवाई इन्धन आयो

मंसिर १७, २०७२- भारतले लागाएको अघोषित नाकाबन्दीको ७० औं दिनपछि बिहीबार निजी क्षेत्रले पहिलोपटक एयरलिफ्ट मार्फत ३९ हजार ७ सय ४४ लिटर हवाई इन्धन (एटीएफ) ल्याएको छ । ग्लोबल टेन्डरमार्फत हवाई इन्धन ल्याउन आयल निगमसँग सम्झौता गरेको पेट्रोलिम्याक्स नेपाल प्रालिले भारतको लखनउबाट एटीएफ ल्याएको हो । पेट्रोलिम्याक्सले जोर्डन एभिएसनको विमान बोइङ ७६७ मा कार्गो गरी एटीएफ आयत गरेको हो । जोर्डन एभिएसनले २७ वर्षदेखि उडाइरहेको यो यात्रु बोक्ने जहाज हो । यस्ले भारतको लखनउबाट आफ्ना ट्ंयाकीमा ४३ हजार टन इन्धन भरेर ल्याएको थियो । दिउँसो ४ बजे काठमाडौं अवतरण गरेको विमानबाट आयल निगमले ३९ हजार ७ सय ४४ लिटर इन्धन डिफ्युल गरेको निगमको विमानस्थलस्थित डिपोका उपप्रबन्धक रामहरी निरौलाले बताए । डिपोले जोर्डनबाट झिकेको इन्धनलाई शुक्रबार गुणस्तर जाँचेरमात्रै बिक्री गर्ने छ । गुणस्तर जाँच नभइसकेकाले उक्त इन्धन भूमीगत ट्यांकीमा स्टोर गरिएको छैन । भारतीय नाकाबन्दीपछि हवाइ इन्धन भारतबाट सहजै आउन नसकेपछि निगमले निजी क्षेत्रलाई ग्लोबल टेन्डरमार्फत आयत गराउन प्रतिस्पर्धा गराएको थियो । उक्त प्रतिस्पर्धामा पेट्रोलिम्याक्स नेपाल प्रालिले इन्धन ल्याउने ठेक्का पाएको थियो । निजी क्षेत्रको यो कम्पनीअघि निगमका लागि नेपाल वायु सेवा निगम (नेवानी) ले भारतको कलकत्ताबाट हवाई इन्धन ल्याउन थालेको थियो । असोज ७ गतेदेखि हवाई इन्धन ल्याउन थालेको निगमले हालसम्म निगमका लागि मात्रै १० लाख लिटर भन्दा बढी हवाइ इन्धन आयत गरिसकेको छ ।
04 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top