काठमाडौं, ६ मंसिर - नयाँ शक्ति निर्माणको अभियानमा जुटेका बाबुराम भट्टराई पक्षीय कार्यकर्ताहरुको भेला आइतबार राजधानीमा सुरु भएको छ।
आइतबार बिहान एघार बजे धुम्बाराहीको एसआर पार्टी प्यालेसमा बाबुरामले आफूलाई समर्थन गर्ने नेता तथा कार्यकर्ताहरुलाई छलफलका लागि बोलाएका हुन्। भेलामा अन्य पार्टीका नेता, नागरिक प्रतिनिधिदेखि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत सहभागी बनेका छन्।
भेलामा कांग्रेसका नेता प्रदीप गिरी, संघीय समाजवादीका अध्यक्ष यादव, नागरिक अगुवा पद्मरत्न तुलाधर, लेखक खगेन्द्र संग्रौला, रविभक्ति श्रेष्ठ, एमएस थापा, डा केशवमान शाक्य, गोपाल दहिदलगायतलाई अतिथि बनाइएको छ।
भेलामा नयाँ शक्ति अभियानको उद्देश्य, यसको रणनीतिबारे भट्टराईले आफ्नो अवधारणा प्रस्तुत गर्दैछन्। भेलामा भाग लिन विभिन्न जिल्लाबाट भट्टराईका कार्यकर्ताहरु राजधानी आइपुगेका छन्। संविधान जारी भएपछि एमाओवादी छोडेका बाबुरामले विभिन्न कार्यक्रम तथा भेला आयोजना गरेर नयाँ शक्ति निर्माणको पक्षमा वकालत गर्दै आएका छन्।

Post a Comment