Latest

06:26 AM birendra ko kahani

मधेशी मोर्चाले गर्‍यो यस्तो निर्णय

मोरङ, १४ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तयारी बिना वार्तामा बोलाएर सरकारले जिस्काएको आरोप लगाएको छ ।
काठमाडौंमा त्रिपक्षीय वार्ता भइरहेका बेला मोरङको विराटनगरमा सोमबार बसेको मोर्चाको बैठकले तयारी बिना सरकारले वार्तामा बोलाएर सरकारले जिस्काएको ठहर गरेको हो । आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको बैठकले आन्दोलनको अहिलेकै स्वरुपलाई निरन्तरता दिने पनि निर्णय गरेको हो ।

अडान नछाड्दा त्रिपक्षीय वार्ता निष्कर्ष विहीन (भिडियो)

सोमबार सत्तारुढ, प्रतिपक्षी दल र मोर्चाबीच भएको वार्ता निष्कर्ष विहीन भइरहेका बेला मोर्चाले उक्त निर्णय गरेको हो ।
संघीय सीमांनक हेरफेरको माग राखेर साढे तीन महिनादेखि मोर्चाले तराई मधेशमा आम हड्ताल सहित राजमार्ग र भारतीय सीमानाका केन्द्रीत आन्दोलन जारी राख्दा मुलुकभर इन्धन लगायतका अत्यावश्यकीय बस्तुको चरम अभाव भएको छ ।

30 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top