काठमाडौँ, ६ मंसिर - एमाओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले आज आइतबार राजधानीमा नयाँ शक्ति अभियन्ताहरुको भेला गर्दैछन्।
आइतबार विहान ११ बाट राजधानीको चावहिलस्थित एसआर ब्यांक्वेटमा सुरु हुने भेला भोली सोमबारसम्म चल्ने छ। भेलामा करिब १ हजार नयाँ शक्तिका अभियन्ताहरु सहभागी हुने स्रोतले जनाएको छ। एमाओवादीबाट अलग भएका बाबुरामले यो भेलामा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन्।
भट्टराईले अवधारणा पत्र राखेपछि सहभागीहरुले त्यसमा सुझाव दिनेछन्। सहभागीबाट आएको सुझाव समेटेपछी नयाँ शक्तिको निती बनाएर पारित गरिने स्रोतले बतायो। नयाँ शक्तिका लागी देशब्यापी अभियान चलाउने योजना पनि भेलाले तय गर्ने भएको छ।
भेलामा एमाओवादी छाडेका नेता कार्यकर्ता बाहेक अन्य स्वतन्त्र ब्यक्ति तथा नागरिक अगुवाहरुले समेत सहभागीता जनाउने भएका छन्।
Post a Comment