All transit point of India and China will be active : Deputy Prime Minister C.P. Mainali

उप प्रधान तथा महिला बालबालीका तथा समाज कल्याण मन्त्री सि. पी. मैनालीले सरकारले अब ब्यापारका लागी बिकल्पको सम्पुर्ण नाका हरु खोल्ने बताउनु भएको छ । अन्तराष्ट्रिय अपाङ्ग दिबसको अबसरमा आयोजीत कार्यक्रकमा बोल्दै मन्त्री मैनालीले नेपाल भारतमा मात्र निर्भर रहनाले आज देशले कठिन परीस्थितिको सामना गरीरहेको बताउदै भारत संगका सम्पुर्ण नाका संचालन गर्दै चिन संगको नाका पनि धेरै भन्दा धेरै खोल्ने बताए । बिगतमा राज्यले गलत सम्झौता गर्नाले अहिले गाह्रो भएको बताउदै मन्त्री मैनालीले अब कुनै पनि बहानामा बिगतको जस्तो अनाबस्यक सम्झौता नगरीने बताए । नाकामा जारी बर्तमान समस्या हटाउन सरकार लागी परेको बताउदै मन्त्री मैनालीले मधेशमा रहेको हालको समस्या केहि दिनमा हल हुने बताए । सरकार तथा राजनैतिक दल संबिधान संसोधन गरेर समस्याको तत्काल निकास दिने कुरामा एकमत रहेको र संविधान संसोधन प्रकृया केही दिनमा नै प्रारम्भ गरीने मन्त्री मैनालीले जानकारी गराए ।
  
Advertisements


0
 
 
0
 
 
0
Google +
 
0
 
 
0
 
 
51
 
- See more at: http://www.dcnepalonline.com/event/events.php?nid=6839#sthash.Lu6hwxCR.dpuf

Post a Comment

 
Top