भारतीय बजार रुपैडिहामा प्रधानमन्त्री ओलीको पुत्ला दहन News Updated By- Hari Acharya    |   Posted From- Washington DC     |     December 03, 2015  

 काठमाडौं, मंसिर १६ ।  भारतीय बजार रुपैडिहामा भारतीय नगारिकले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
बुधबार नेपाल प्रहरीले भारतीय नागरिकमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै उनीहरुले ओली सहित बाँकेका सुरक्षाकर्मीहरुको समेत पुत्ला जलाएका हुन् । मोर्चा कार्याकर्ताले दसगजामा समेत प्रधानमन्त्री ओलीको पुत्ला जलाउन खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

पुत्ला खोसाखोस गर्ने क्रममा केही समय झडप भएको  इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक हरिबहादुर गुरुङले बताए ।  झडपपछि आन्दोलनकारी दशगजा छोडेर तितरवितर भएका छन् ।
करिव ३ सयको हाराहारीमा भेला भएका भारतीयहरुले ओली विरुद्ध नारावाजी समेत गरेका थिए । उनीहरुले भारतीय प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) कै अगाडि पुत्ला जलाउनुका साथै नारावाजी गरेका थिए ।
- See more at: http://dcnepal.com/news/news.php?nid=179326#sthash.Z2ha0RSL.dpuf

Post a Comment

 
Top