सर्लाहीमा प्रहरीले चलाएको गोलि लागि एक जना घाइते News Updated By- Durga Khatiwada    |   Posted From- Washington DC     |     December 03, 2015  
मंसिर १७, सर्लाहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र चुरेभावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोलि लागि एक जना घाइते भएका छन् ।

दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोलि चलाएको हो । झडपमा परि प्रहरी र केही प्रदर्शनकारी समेत घाइते भएका छन् । झडपकै क्रममा केही मानवअधिकारकर्मीलाई कुटपिट गर्नुका साथै राष्ट्रिय मानवअधिकार आयोगको गाडिमा समेत मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहिबार नवलपुरमा विरोध सभा गर्ने योजना गरेको र उक्त क्षेत्रमा सभा गर्न नदिने भन्दै चुरेभावरका कार्यकर्ताहरुले मोर्चाको कार्यक्रम अवरोध गर्ने योजना बनाएका थिए ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=179329#sthash.Gd97QubO.dpuf

Post a Comment

 
Top