संविधान संशोधन विधेयक तत्काल अघि बढाउने प्रमुख तीन दलको निर्णय, आज हुने भनिएको मोर्चासँगको वार्ता पनि नहुने News Updated By- Prem Pun    |   Posted From- Washington DC     |     December 04, 2015  
काठमाडौँ, १८ मंसिर– नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले संसदमा पेस भएको संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेका छन् ।

प्रमुख तीन दलका शीर्ष नेता सहभागी भएको बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ती दलका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले निर्णय गरेअनुसार आज मधेशी मोर्चासँग हुने भनिएको वार्ता पनि नहुने भएको छ । बैठकबाट बाहिरिँदै सहभागी नेताहरुले आज हुने भनिएको मधेशी मोर्चासँगको वार्ता स्थगित भएको पनि जानकारी दिए ।

बैठकबाट बाहिरिदै एमाले नेता माधव कुमार नेपालले मधेसी मोर्चाका नेताहरू आज व्यस्त भएकाले वार्ता हुन नसकेको बताए। ’उहाँहरूलाई जहिले फुर्सद हुन्छ, त्यहिले वार्ता हुन्छु नेपालले भने । 

बैठकबाट बाहिरिदै नेपालीका कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले यसअघिको सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक अघि बढाउन तीन दल सहमत भएको जानकारी दिए। उनले आन्दोलनरत मधेसी मोर्चासँग आज हुने भनिएको वार्ता नहुने पनि बताए।
- See more at: http://dcnepal.com/news/news.php?nid=179531#sthash.UEADEzqa.dpufv

Post a Comment

 
Top