बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले भनिन हाम्रो देशको विमानस्थल र बन्दरगाह प्रयोग गरी सामान लैजानुहोस
News Updated By- Hari Acharya    |   Posted From- Washington DC     |     November 29, 2015  
काठमाडौं, १३ मंसिर । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले आफ्नो देशको विमानस्थल र बन्दरगाह प्रयोग गरी सामान लैजान नेपाल सरकारसँग आग्रह गरेकी छन्।

उनले आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापारीक सामान लैजान अनुरोध गरेकी हुन् । बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ मार्फत हसिनाले यस्तो अनुरोध गरेकी हुन्।

भारतीय नाकाबन्दीका कारण नेपाली जनताले भोग्नुपरेको दुखमा साथ दिन बंगलादेशको सरकार तयार रहेको उनले बताइन् ।  भारतले लगाएको नाकाबन्दीका कारण देशमा उत्पन्न भएको संकटबाट नेपाल छिटो बाहिर निस्कनेमा उनले आशा व्यक्त गरिन् ।
- See more at: http://dcnepal.com/news/news.php?nid=178566#sthash.guQUP2Hg.dpuf

Post a Comment

 
Top